श्री शारदा राष्ट्रिय माध्यामिक विद्यालय

विद्यालयको परिचय

श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालय

यस श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालय वि. सं. २०२२ साल पौष १ गते कंचनपुर जिल्ला बाइसी विचवा गाउँ पञ्चायत नौरङ्गाको दोदा नदीको किनारको नौरङ्गा र विचवा गाउँको उत्तरपट्टि खल्ला भन्ने ठाउँमा यसको स्थापना भएको हो । यो विद्यालय स्थापना गर्नका लागि कञ्चनपुर जिल्ला बाइसी विचवा गाउँ पञ्चायतका तत्कालिन प्रधानपञ्च रोसन राना र सचिव चन्द्रदेव भट्ट को विशेष पहलमा १–३ कक्षा सञ्चालन भएकोे हो । यी ३ वटा कक्षा सञ्चालन गर्नका लागी स्थानिय शिक्षाप्रेमी समाजसेवीहरु प्रजापती जोशी, वम्मन राना, मुन्नालाल राना, जग्गु राना, अनिया राना, मथुरा राना लगायतका व्यक्तित्वहरुको विशेष सहयोग रहेको थियो ।
विद्याकी देवी सरस्वतीको अर्को नाम शारदा बाट यस विद्यालयको नाम शारदा प्रा.वि. भनेर नामांकरण गरिएको थियो । वि. सं. २०२८ सालमा रा.शि.प.यो. (२०२८–२०३२) लागू भए पश्चात यस विद्यालयको नाम श्री शारदा राष्ट्रिय प्रा.वि. रहन गयो ।

“प्रविधिमैत्री,जीवनोपयोगी र गुणस्तरिय शिक्षा,
शारदा राष्ट्रिय मा.वि.को प्रतिवद्धता”

Counter Icon
2022

वि.संमा स्थापना

Counter Icon
685

विद्यार्थीहरु

Counter Icon
16

शिक्षकहरु

Counter Icon
58

औँ वर्ष